नामकरणको खुसीयालीमा कोसी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

हिमाल प्रेस १७ फागुन २०७९ २२:३३
6
SHARES
नामकरणको खुसीयालीमा कोसी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

इटहरी– नामकरणको खुसीयालीमा कोसी प्रदेशमा बिहीबार (बिहीबार) सार्वजनिक बिदा दिइने भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दे उक्त जानकारी दिएको हो।

प्रदेश १ को नाम ‘कोसी’ बहुमतले पारित भएको छ। बुधबार प्रदेश १ को प्रदेशसभामा पेस भएको नामकरणमा ‘कोसी’ प्रदेश राख्ने बहुमतले पारित भएको हो।

संघीयता लागू भएयता नामकरण हुन नसकेको प्रदेशको बुधबार नामकरण भएसँगै कोसी सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रकाशित: १७ फागुन २०७९ २२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 18 =