ढुंखर्क–च्याम्राबेंसी सुरुङमार्गको अध्ययन काठमाडौँ विश्वविद्यालयले गर्ने

हिमाल प्रेस १७ फागुन २०७९ २१:४१
12
SHARES
ढुंखर्क–च्याम्राबेंसी सुरुङमार्गको अध्ययन काठमाडौँ विश्वविद्यालयले गर्ने फाइल तस्बिर-रासस

धुलिखेल- काभ्रेपलाञ्चोकस्थित ढुंखर्क–च्याम्राबेंसी सुरुङमार्गको प्राविधिक अध्ययनका लागि बेथानचोक गाउँपालिका र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता गरिएको छ। सम्झौताअनुसार विश्वविद्यालयले सुरुङमार्गको प्रारम्भिक प्राविधिक अध्ययन गर्नेछ। सुरुङमार्गले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ र ४ वडा जोड्नेछ।

सम्झौताअनुसार काठमाडौँ विश्वविद्यालयले सुरुङमार्गस्थलको वातावरणीय प्रभाव, भौगर्भिक अवस्था, टनेलको सम्भावित डिजाइन र अनुमानित लगानीसमेतको अध्ययन गरी गाउँपालिकालाई प्रतिवेदन बुझाउनेछ।

सम्झौतापत्रमा विश्वविद्यालयका उपकुलपति भोला थापा र गाउँपालिका अध्यक्ष भगवान अधिकारीले हस्ताक्षर गरेका छन्। सुरुङको लम्बाइ डेढ किलोमिटर हुने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष अधिकारीले बताउनुभयो । सुरुङमार्ग निर्माणका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

बेथानचोक–४ को सेती भीरमा समय समयमा गइराख्ने सुक्खा पहिरोबाट हुने सडक बन्दको दिगो समाधानका लागि सुरुङमार्ग निर्माण गर्न लागिएको हो । रासस

प्रकाशित: १७ फागुन २०७९ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =