विद्युत् चुहावट गरिरहेकै अवस्थामा ८ जना पक्राउ

हिमाल प्रेस १७ फागुन २०७९ २०:४४
6
SHARES
विद्युत् चुहावट गरिरहेकै अवस्थामा ८ जना पक्राउ

काठमाडौँ- पर्सामा विद्युत् चुहावट गर्ने ८ जना पक्राउ परेका छन्। चुहावट नियन्त्रण गर्न खटिएको विद्युत् प्राधिकरण वितरण केन्द्र पोखरीयाको टोलीले बुधबार हुकिङ गरी विद्युत् चुहावट गरिरहेकै अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विन्दावासिनी गाउँपालिका बहुवर्वाका अजय राम, सखुवाप्रसौनी गाउँपालिका लखनपुरका जगदीश कमकर र सोही गाउँपालिका सखुवनियका शम्भु महतो थारु रहेका छन्।

त्यस्तै जिराभवानी गाउँपालिका सखुवनियाका रामशरण माझी, हरैयाका शिवनारायण चौधरी, नौकाटोलाका ब्रह्मान्द महतो थारु, ठग पजिंयार र जगरनाथपुर गाउँपालिकाका जगरमियाँ अन्सारी पनि पक्राउन परेका छन्। विद्युत् वितरण केन्द्र पोखरीयाका प्रमुख जगन्नाथ झाले उनीहरूसँग फ्रीज, पंखा र मोटर भेटिएको भन्दै सो सामान पनि बरामद गरिएको जानकारी दिए। रासस

प्रकाशित: १७ फागुन २०७९ २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =