राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

हिमाल प्रेस १७ फागुन २०७९ १७:२२
30
SHARES
राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय जगन्नाथ खतिवडा

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)को सचिवालयले बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले आठ पार्टीका साझा उम्मेदवार पौडेललाई मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ।

पौडेल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको साझा उम्मेदवार हुन्। एमालेले भने सुवास नेम्बाङलाई उम्मेदवार बनाएको छ।

प्रकाशित: १७ फागुन २०७९ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eleven =