विजय थलपतिको ‘लियो’ले प्रदर्शनअघि नै कमायो ४ सय करोड

हिमाल प्रेस १७ फागुन २०७९ १६:२२
14
SHARES
विजय थलपतिको ‘लियो’ले प्रदर्शनअघि नै कमायो ४ सय करोड

काठमाडौँ- दक्षिण भारतीय अभिनेता थलपति विजयको फिल्म ‘लियो’ले प्रदर्शनमा आउनुअघि नै व्यावसायिक रूपमा सफल भएको छ। फिल्मले रिलिजअघि नै चार सय करोड भारु कमाएको छ।

तमिल फिल्मको इतिहासमा पहिलोपटक कुनै फिल्म प्रदर्शनमा आउनुअघि नै व्यावसायिक रूपमा सफल भएको हो। अहिलेसम्म फिल्म बन्ने घोषणा गरेको सानो भिडियोमात्र बाहिरिएको छ। त्यसबाहेक फिल्मको एउटा पोस्टर पनि सार्वजनिक भएको छैन।

फिल्मका निर्देशक लोकेश कनगराज हुन्। कनगराजले ‘मास्टर’ र ‘विक्रम’ बनाइसकेका छन्। उनको पछिल्लो फिल्म ‘विक्रम’ थियो। जसले पाँच सय करोड भारुको कारोबार गरेको थियो। फिल्ममा कमल हसन, विजय सेतुपति, फहाद फासिललगायत कलाकारले अभिनय गरेका छन्।

‘लियो’लाई कनगराजको अर्को सफलताका रूपमा हेर्न थालिएको छ। भारतीय पत्रिका ‘पिंकभिला’मा छापिएको रिपोर्टअनुसार डिजिटल, स्याटलाइट, म्युजिक आदि गरी फिल्मले अहिलेसम्म चार सय करोड भारु कमाइसकेको छ।

प्रकाशित: १७ फागुन २०७९ १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =