एकदिवसीय शृंखला खेल्न सन्दीप दुबई प्रस्थान

हिमाल प्रेस १७ फागुन २०७९ १६:०२
108
SHARES
एकदिवसीय शृंखला खेल्न सन्दीप दुबई प्रस्थान

काठमाडौँ- सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शृंखला खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) लागेका छन्। उनलाई मौसम ढकालको स्थानमा टिममा फिर्ता लगिएको हो। सन्दीप दिउँसो ३ बजे फ्लाई दुबईको उडानमार्फत दुबई लागेका हुन्।

सर्वोच्च अदालतले गत सोमबार मात्र सन्दीपलाई विदेश जान पाउने गरी आदेश दिएको थियो। । सर्वोच्चले ‍अब विदेशमा हुने प्रतियोगिता खेल्न गए पनि उक्त प्रतियोगिता सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुन पनि भनेको छ।

सर्वोच्चको आदेशपछि उनलाई टिममा फर्काउन नेपाल क्रिकेट संघले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग अनुमति मागेको थियो। यसै शृंखलाबाट राष्ट्रिय टिममा स्थान बनाएका मौसम ढकालल अभ्यासका दौरान घाइते भएपछि सन्दीपलाई टिममा फर्काउने बाटो खुला भएको हाे।

नेपाल यूएई र पपुवा न्युगिनी (पीएनजी) सँग त्रिदेशीय शृंखला खेल्न दुबई पुगेको हो। पहिलो खेलमा पीएनजीलाई हराएको नेपालले बिहीबार यूएईसँग खेल्ने तालिका छ। नेपालले आफ्नो तेस्रो खेल शुक्रबार पीएनजी र अन्तिम खेल सोमबार यूएईसँग खेल्ने तालिका छ।

सात टिमसम्मिलित लिग–२ मा नेपाल छैटौँ स्थानमा छ। २९ खेल खेलेको नेपालले २८ अंक बटुलेको छ। पाँचौँ स्थानको यूएईको २९ खेलबाट २९ अंक छ भने पीएनजी ३० खेलबाट ७ अंक बटुलेको छ।

प्रकाशित: १७ फागुन २०७९ १६:०२

प्रतिक्रिया

One thought on “एकदिवसीय शृंखला खेल्न सन्दीप दुबई प्रस्थान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eleven =