फागुन २५ देखि जजिराले कुवेत-भैरहवा पुनः उडान गर्ने

हिमाल प्रेस १७ फागुन २०७९ १२:३०
6
SHARES
फागुन २५ देखि जजिराले कुवेत-भैरहवा पुनः उडान गर्ने

काठमाडौँ- जजिरा एयरलाइन्सले मार्च ९ अर्थात् फागुन २५ गतेदेखि पुनः कुवेत-भैरहवा उडान गर्ने भएको छ।

यात्रु अभावका कारण केही महिनादेखि उडान रोकेको जजिराले पुनः सोही गन्तव्यमा उडान गर्ने भएको हो। भैरहवा-कुवेत एकतर्फी भाडा २८ हजार ८३६ रूपैयाँ तोकिएको छ।

२०७९ जेठ २ गतेदेखि गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। जजिराले पुरानै तालिकाअनुसार साताको तीन उडान गर्ने जनाएको छ।

हाल भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द छ। त्यहाँबाट अहिले दैनिक १८ देखि २५ वटा आन्तरिक उडान भइरहेको छ।

भैरहवा–मलेसिया चार्टर्ड उडान थालेको हिमालय एयरलाइन्सले पनि दुई महिनादेखि उडान रोकेको छ।

प्रकाशित: १७ फागुन २०७९ १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =