सर्वोच्च अदालतमा अब ५ वर्षभित्र मुद्दाको छिनोफानो : कामु प्रधानन्यायाधीश

हिमाल प्रेस १७ फागुन २०७९ ११:३०
6
SHARES
सर्वोच्च अदालतमा अब ५ वर्षभित्र मुद्दाको छिनोफानो : कामु प्रधानन्यायाधीश

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा ५ वर्षभन्दा बढी मुद्दा नराख्ने गरी काम सुरु गरेको बताएका छन्।

मंगलबार कानुन व्यवसायी क्लब काठमाडौँ तथा शंकरलाल केडिया फाउन्डेसनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्यायलाई ढिलो हुनबाट रोक्ने कामको सुरुवात भएको बताएका हुन्।

उनले अब सर्वोच्च अदालतमा दर्ता भएका कुनै पनि मुद्दा ५ वर्षभित्रमा टुंग्याइने गरी काम सुरु भएको बताए। उनका अनुसार अबबाट सर्वोच्च अदालतले ५ वर्षसम्म र उच्च तथा जिल्ला अदालतले २ वर्षभित्रमा मुद्दाको छिनोफानो गरिनेछ।

कार्कीले न्यायालयको श्रीवृद्धि गराइ निष्पक्ष न्याय सम्पादन गर्ने कुरामा सबै कानून व्यवसायीहरू दत्तचित्त भएर लाग्नुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =