अन्ततः रास्वपा पनि प्रदेश संरचनाकै पक्षमा, गठन गर्‍यो समिति

हिमाल प्रेस १७ फागुन २०७९ ११:१६
4
SHARES
अन्ततः रास्वपा पनि प्रदेश संरचनाकै पक्षमा, गठन गर्‍यो समिति फाइल तस्बिर।

काठमाडौँ- प्रादेशिक संरचनाको विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्ततः प्रदेश समिति गरेको छ। मंगलबार (हिजो) बसेको रास्वपा केन्द्रीय कमिटी बैठकले सातै प्रदेश प्रमुख तोकेको हो।

पार्टी गठन गर्दा रास्वपाले प्रदेश संरचनाको विरोध गरेको थियो। प्रदेशले आर्थिक बोझ भएको भन्दै गएको मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभामा मात्र उम्मेदवारी दिएको थियो। तर अहिले फेरि रास्वपा प्रदेश संरचनाकै पक्षमा देखिएको छ।

पार्टीले प्रदेशको समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ।
प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेश प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ।

यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ। अहिलेलाई प्रदेश कमिटी गठन गरे पनि अब तत्काल पूर्णता दिने पार्टीले बताएको छ।

प्रकाशित: १७ फागुन २०७९ ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 11 =