एमालेले समर्थन फिर्ता लिँदैमा सरकार ढल्दैन : विमलेन्द्र निधि

हिमाल प्रेस १७ फागुन २०७९ ८:११
2
SHARE
एमालेले समर्थन फिर्ता लिँदैमा सरकार ढल्दैन : विमलेन्द्र निधि

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेले समर्थन फिर्ता लिँदैमा सरकार नढल्ने बताएका छन्।
नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमितिको पदस्थापना तथा प्रथम बैठकलाई मंगलबार जनकपुरधाममा सम्बोधन गर्दै नेता निधिले एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा सरकार अल्पमतमा नपरेको बताएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले पहिले पनि विश्वासको मत दिएको स्मरण गराउँदै उनले फेरी पनि बिश्वासको मत दिने भएकोले सरकारमाथि कुनै खतरा नरहको उल्लेख गरे।

संविधान पक्षधर शक्तिबीच दीर्घकालीन सम्बन्ध हुनुपर्ने उनको भनाइ थियो। नेता निधिले कांग्रेस माओवादी सम्बन्ध पुनः नयाँ ढंगबाट सुरु भएको उल्लेख गर्दै यो सहकार्य लोकतान्त्रिक गणतन्त्र र संविधानको दीर्घायू तथा राजनीतिक स्थिरताका लागि पक्षमा भएको बताए।

वर्तमान राजनीति सही दिशामा हिँडेको बताउँदै चुनावको समयमा भएका गठबन्धनकारी दलबीच नयाँ समीकरणले जनताको मतको सम्मान भएको पनि उनको भनाई थियो।
नेता निधिले आठ दलको समर्थन नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा रहेको बताउँदै मुलुकको आगामी राष्ट्रपतिमा पौडेल निर्वाचित हुने निश्चित भएको बताए।

प्रकाशित: १७ फागुन २०७९ ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =