२५८ किलो गाजासहित सुनसरीबाट सवारी नियन्त्रणमा

हिमाल प्रेस १७ फागुन २०७९ ७:३५
6
SHARES
२५८ किलो गाजासहित सुनसरीबाट सवारी नियन्त्रणमा प्रतीकात्मक तस्बिर।

सुनसरी- सुनसरीको हरिनगर गाउँपालिका ५ नरकटियास्थित भुटाहा-घुस्की भित्री सडक खण्डबाट सशस्त्र प्रहरीले करिब २ सय ५८ किलो गाँजासहित एउटा सवारी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीका नायव प्रहरी उपरीक्षक शैलेन्द्र थापाका अनुसार भुटाहाबाट घुस्कीतर्फ आउँदैगरेको बीआर १ ए के ६१०० नम्बरको स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी बसन्तपुरले जाँचगर्दा सो परिमाणको गाँजा फेला पारेको हो।

सशस्त्र प्रहरीले सो गाडी रोक्नेवित्तिकै गाडी चालक गाडी छाडेर भागेका थिए । गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त गाँजा फेला परेको थियो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको थापाले बताए।

प्रकाशित: १७ फागुन २०७९ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =