ललितपुर महानगरका तीन ठाउँमा विपद् व्यवस्थापन उपकेन्द्र

हिमाल प्रेस १६ फागुन २०७९ १६:३६
52
SHARES
ललितपुर महानगरका तीन ठाउँमा विपद् व्यवस्थापन उपकेन्द्र

काठमाडौँ– ललितपुर महानगरपालिकाले नगरभित्रका तीन ठाउँमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने तयारी गरेको छ। महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ती उपकेन्द्र खोल्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

सहरीकरणसँगै बढ्दै गएको जनघनत्वका कारण सहरको व्यस्तता छिचोलेर प्रकोप भएको ठाउँमा एम्बुलेन्स, दमकल पुग्न गाह्रो हुने भएकाले महानगरभित्रका अन्य तीन ठाउँमा उपकेन्द्र खोल्ने तयारी गरेको नगर प्रमुख चिरीबाबु महर्जनले बताए। उनले भने, ‘पुल्चोक दमकलमा भएकोलाई मुख्य केन्द्रका रूपमा उपकरण थप्दै जान्छौँ।’

प्रमुख महर्जनले वडा नं. २२ स्थित बुङमतीमा, वडा नं. ८ स्थित गुइत दोमार र धापाखेलमा यस्तो उपकेन्द्र खोल्न लागिएको जानकारी। उनले भने, ‘बुङमती र गुइत दोमारमा थाइल्यान्ड सरकारले डीआरआर सेन्टर बनाइदिएको छ, अब त्यहाँ अन्य आवश्यक सामग्री थप्दै जानेछौँ।’

महर्जनका अनुसार धापाखेलमा भने पूर्वाधार नै तयार गर्नुपर्नेछ। पूर्वाधार निर्माणसँगै उपकरणका लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता महर्जनले व्यक्त गरेका छन्। महानगरको पुल्चोकस्थित दमकलमा अहिले नगरप्रहरी, एम्बुलेन्स, दमकल र विपद्का बेला आवश्यक पर्ने अन्य उपकरण र शववहान राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =