चोभार सुख्खा बन्दरगाह सञ्चालनका लागि तत्काल फास्टट्र्याक बन्नुपर्ने

हिमाल प्रेस १५ फागुन २०७९ १८:४०
14
SHARES
चोभार सुख्खा बन्दरगाह सञ्चालनका लागि तत्काल फास्टट्र्याक बन्नुपर्ने

काठमाडौँ- चोभार सुख्खा बन्दरगाहक पूर्णरूपमा सञ्चालन हुन तराई–मधेश द्रुतमार्ग (फास्टट्र्याक) तत्काल बन्नुपर्ने भएको छ। इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभार सुख्खा बन्दरगाह पूर्णरूपमा सञ्चालनका लागि चाँडै फास्टट्र्याक बन्नुपर्ने बताएका हुन्।

सोमबार आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा कार्यकारी निर्देशक गजुरेलले कुनै पनि पूर्वाधार आइसोलेसनमा चल्न नसक्ने भन्दै चोभार सुख्खा बन्दरगाह पूर्णरूपमा सञ्चालनका लागि तत्काल फास्टट्रयाक बन्न आवश्यक रहेको बताए।

बन्दरगाहमा व्यवसायीहरूले कन्टेनरमा ल्याउने सामान लामो बाटोबाट चोभार ल्याउनुभन्दा पनि वीरगञ्जबाट सिधै काठमाडौं ल्याउन खोज्नु स्वभाविक भएको बताए। चोभार सुख्खा बन्दरगाह भन्दा अगाडि सक्ने योजनाका साथ अघि बढेको फास्टट्र्याकको काम अहिलेसम्म नसकिएकाले सञ्चालनमा समस्या देखिएको उनको भनाइ थियो।

कार्यकारी निर्देशक गजुरेलले फास्टट्र्याक र रेल जडान भएपछि व्यापारका लागि पनि किफायती हुने बताए। सरकारले बन्दरगाहमा रेल जोड्ने योजना अगाडि बढाइरहेको पनि उनले बताए।

इन्टरमोडलले बन्दरगाहको एक भागलाई आन्तरिक टर्मिनलका रूपमा सञ्चालनमा ल्याएको बताए। आन्तरिक टर्मिनल बनाउँदा पार्किङ र गोदामको लागि नभएर लजिस्टिक हबको रूपमा काम गर्न खोजिएको उनको भनाइ थियो।

समितिको दायित्व बन्दरगाह सञ्चालन गर्ने मात्रै नभएर व्यापारलाई सहजीकरण गर्ने हिसावले काम गरिरहेको उनले बताए। व्यवसायीहरूले निर्यातको लागि पार्किङ लगायतका लागि बन्दरगाहमा आन्तरिक टर्मिनलमा खुला गरिएको उनको भनाइ थियो। बन्दरगाह सञ्चालनका लागि समितिले मात्रै नभएर भन्सारले पनि पहल गर्न आवश्यक रहेको उनले बताए।

प्रकाशित: १५ फागुन २०७९ १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =