दलित बस्तीमा खुसी

हिमाल प्रेस १५ फागुन २०७९ ८:५५
4
SHARES
दलित बस्तीमा खुसी

सिरहा- लहान नगरपालिकाले दलित बस्तीमा स्वच्छ खोनपानी उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ। गैरसरकारी संस्था ‘वाटर एड’सँगको सहकार्यमा लहान नगरपालिका र दलित जनकल्याण युवा क्लबद्वारा संयुक्त रूपमा सञ्चालित योजना मार्फत खानेपानीको धारा वितरण थालिएको हो।

सो योजनाले चालु आर्थिक वर्षमा ती बस्तीका तीन सय ४० घरपरिवारलाई खानेपानीका लागि सहयोग गर्ने जनाएको छ। नगरपालिकाले दुई सय ६९ लालपुर्जाविहीन घरपरिवारलाई तीन हजार सात सय बीस रुपैयाँ धारा जडानका लागि खानेपानी कार्यालयमा राख्नुपर्ने धरौटीका लागि रकम उपलब्ध गराउँदै आएको छ।

‘विकन’ योजनाले तीन हजार दुई सय बीस रुपैयाँ धारा जडानका लागि सामग्री सहयोग गरिरहेको छ। यसैगरी खानेपानी संस्थान लहान र दलित जनकल्याण युवा क्लबद्वारा एक सय घरधुरीमा स्वच्छ खोनपानी उपलब्ध गराउन धारा जडान गरिएको छ।

नगरपालिकाले नगरवासीलाई स्वच्छ खोनपानी आपूर्तिमा समस्या हुन नदिन संस्थानसँगको सहकार्यमा प्रदिप गरी आश्रम, लहान नगरपालिकाको कार्यालय अगाडि, जेएस क्याम्पस र झण्डापार्कमा नयाँ ‘बोरिङ’ जडानलाई तीब्रता दिएको छ। यसका लागि नगरपालिकाले ४२ लाख रुपैयाँका दरले रकम निकासा गरेको जनाइएको छ।

नगरवासीलाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याउन उच्च प्राथमिकता दिएको नगरप्रमुख महेश चौधरीले बताए। उनले सबै वडामा खानेपानीको लागि धारा पुर्‍याउने काम जारी रहेको जानकारी दिए।

पछिल्लो समय लहान-२ बुधटोल, ३ साफी टोल, ५ शान्ति टोल, ७ राजदेवी टोल, ८ तीन घरिया, १० गुदिगाउँ, १४ धनछवारका दलितबस्तीले स्वच्छ खोनपानी उपभोग गर्न पाएका छन् ।

लहान-२ बुधटोलका गुदर विश्वकर्माले चापकलको पानीभन्दा खनेपनी संस्थाले वितरण गरेको पानी स्वच्छ भएको बताए। लहान–५ का लिलम देवीराम घरमा धारा आएपछि बाहिर खुला ठाउंँमा नुहाउनुपर्ने बाध्यताबाट मुक्त भएको बताए। लहान-१० गुदिगाउँ का भद्रकुमारी मुगरातीले घरमा पानीको धारा आएपछि खुसीको सीमा नरहेको प्रतिक्रिया दिए।

लहान-१७ का सामुदायिक विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा जनचेतना मूलक काम जारी रहेको क्लबका कार्यकारी निर्देशक विनोद विष्णुकेले जानकारी दिए। सो योजनाले सामुदायिक विद्यालयमा बालमैत्री तथा अपांगमैत्री चर्पी निर्माणमा समेत सहयोग गरेको जनाइएको छ।

प्रकाशित: १५ फागुन २०७९ ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =