फेसबुक र युट्युब दर्ता गर्न सञ्चारमन्त्रीसँग बालेनको माग

हिमाल प्रेस १४ फागुन २०७९ १९:१६
8
SHARES
फेसबुक र युट्युब दर्ता गर्न सञ्चारमन्त्रीसँग बालेनको माग

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नेपालमा फेसबुक, ट्वीटर, युट्युब र टिकटिकलगायतका सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने माग गरेका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग आइतबार भएको भेटमा बालेनले उक्त माग गरेका हुन्।

सो क्रममा मन्त्री शर्माले उक्त मागप्रति साकारात्मक प्रतिक्रिया जनाइन्। उनले डिजिटल साक्षरता अभियान सञ्चालन गर्न स्थानीय तहलाई आग्रह गरिने पनि बताइन्।

सरकारी तथ्यांकलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्यांक व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको पनि मन्त्री शर्माले बताइन्। ‘फरकफरक डाटा सेन्टर हुँदा सरकारी तथ्यांक असुरक्षित देखिएकाले सरकारले आफ्नै सफ्वेयरबाट एकीकृत गर्ने तयारी गरेको छ’ उनले भनिन्।

मन्त्री शर्माले सडकका पोलमा अव्यवस्थित रूपमा रहेका तार व्यवस्थित गर्न मन्त्रालयले दूरसञ्चार ऐन नै परिमार्जन गरी एउटै तारबाट सेवा प्रवाह गर्न सक्ने व्यवस्था मिलाउने तयारी गरिरहेको पनि बताइन्। ‘एउटै तारबाट सेवा प्रवाह गर्नेगरी कानुनी प्रावधान ल्याइँदै छ’ उनले भनिन्। राससको सहयोगमा

प्रकाशित: १४ फागुन २०७९ १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =