उच्च अदालत पोखराले पल शाहलाई दियो सफाइ, सोमबार रिहा हुने (फैसलासहित)

विजय नेपाल १४ फागुन २०७९ १८:४०
12
SHARES
उच्च अदालत पोखराले पल शाहलाई दियो सफाइ, सोमबार रिहा हुने (फैसलासहित)

पोखरा– बालयौन दुरुपयोगको मुद्दामा अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ। उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार सफाइको फैसला सुनाएको हो।

नावालिग बलात्कार अभियोगमा जिल्ला अदालत तनहुँले उनलाई सफाइ दिएकोमा जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोग आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो। सो सम्बन्धमा नवलपुरको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय र पल शाह दुवै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए।

पल शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले अन्ततः पल शाहले सबै अभियोगबाट पूर्णरुपमा सफाइ पाएको बताए। उनी सोमबार रिहा हुने छन्। एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपुर र जिल्ला अदालत तनहुँमा गत वर्षदेखि मुद्दा चलेको थियो।

पलको तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा, अधिवक्ता गणेशप्रसाद अधिकारी, अधिवक्ता जनकराज ढुंगाना र अधिवक्ता माधव घिमिरेले बहस गरेका थिए भने उता उच्च न्यायाधिवक्ता रामप्रसाद अधिकारीले बहस गरेका थिए।

प्रकाशित: १४ फागुन २०७९ १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + two =