ऊर्जा, सहरी विकास र कानुन मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीलाई

हिमाल प्रेस १४ फागुन २०७९ १७:२६
24
SHARES
ऊर्जा, सहरी विकास र कानुन मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीलाई

काठमाडौँ- रिक्त रहेका मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सम्हालेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पनि प्रचण्डलाई नै तोकेकी हुन्।

राप्रपाबाट मन्त्री बनेका राजेन्द्र लिङ्देन, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डेले राष्ट्रपतिको निर्वाचनका कारण सत्ता समीकरणमा फेरबदल आउने भएपछि शनिबार राजीनामा बुझाएका थिए।

प्रकाशित: १४ फागुन २०७९ १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + four =