लक्ष्मीनियाँ गाउँपालिका : प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडा अध्यक्षहरूले लगाए ताला

हिमाल प्रेस १४ फागुन २०७९ १५:५४
16
SHARES
लक्ष्मीनियाँ गाउँपालिका : प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडा अध्यक्षहरूले लगाए ताला

जनकपुरधाम– धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको कार्यकक्षमा वडा अध्यक्षहरूले तालाबन्दी गरेका हुन्।

वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादव, वडा नम्बर–५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर–६ का वडाध्यक्ष महावीर साह र वडा नम्बर–७ का वडाध्यक्ष गंगा साहले तालाबन्दी गरेका हुन्।‍

वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादवले दिउँसो २ बजेसम्म पनि प्रमुख प्रशासकिय अधिकृत यादव र फाँटका कर्मचारीहरू कार्यालयमा उपस्थित नभएकोले गाउँपालिकाका जनताहरू काम नै नगराइ खालि हात घर फर्किन बाध्य हुँदा आफूहरूले तालाबन्दी गरेको बताए।

उनले भने, ‘दिउँसो २ बजेसम्म पनि कार्यालय नआउने हाकिम र कर्मचारीको के काम? जनताको काम हुनुपर्नेमा कर्मचारी नै नआउँदा सबै आजित भएका छन्। जनताको कामका लागि हामी कुटाइ खान पनि तयार छौं। समस्या समाधान नभए भोलिको दिनमा हामी थप सशक्त आन्दोलन गर्नेछौं।’

उनले लक्ष्मीनियाँ गाउँपालिकामा करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमूना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले निर्णय गरेको भए पनि अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव मिलेर करारका कर्मचारी नहटाइ खुला प्रतिस्पर्धा नै नगरेर आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आरोपसमेत लगाएका छन्।

वडाध्यक्ष यादवले रोजगार सहायक, एमआईएस अपरेटरलगायतका पदका लागि दरखास्त आह्वान गरिए पनि नतिजा प्रकाशन थर्दा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले आर्थिक चलखेल गरी नातावाद कृपावाद गरेको आरोप लगाए।

प्रकाशित: १४ फागुन २०७९ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =