वामपन्थीहरू एकजुट नहुँदासम्म देश विकास हुँदैन : झलनाथ खनाल

हिमाल प्रेस १४ फागुन २०७९ १३:५९
10
SHARES
वामपन्थीहरू एकजुट नहुँदासम्म देश विकास हुँदैन : झलनाथ खनाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का सम्मानीय नेता झलनाथ खनालले नेपालका वामपन्थीहरू एकजुट नहुँदासम्म देश विकास नहुने टिप्पणी गरेका छन्। आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले वामपन्थीहरू एक नहुँदा र सत्ता प्राप्तिका लागि मात्रै दौडिँदा अवस्था खराब भएको बताएका हुन्।

‘वामपन्थीहरू एकठाउँमा आउने हो भने संसद्‌मा बहुमत हुने अवस्था छ। अहिले एक ठाउँमा आउने अवस्था छैन। उनीहरू एकताबद्ध हुन सकेका छैनन्। अहिलेकै अवस्थामा मुलुक धेरै रुपान्तरणको गुणात्मक परिवर्तन हुने म देख्दिनँ,’ उनले भने, ‘वामपन्थीहरू एक ठाउँ आए भने हुन पनि सक्छ। सत्ता प्राप्तिलाई र्‍याल चुहाएर हिँड्ने प्रवृत्तिले बिग्रिएको छ।’

प्रकाशित: १४ फागुन २०७९ १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =