उपनिर्वाचनको तयारी गर्न रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

हिमाल प्रेस १४ फागुन २०७९ १३:०२
उपनिर्वाचनको तयारी गर्न रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक फाइल तस्बिर।

काठमाडौँ- चितवन-२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ।

पार्टी कार्यालय बसुन्धारामा बस्ने बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन-२ को उपनिर्वाचनबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए।

गत पुस १० मा बनेको सात दलीय सत्तागठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनेको छ। नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकामा फागुन २२ गते सरकारबाट बाहिरिए पनि सरकारबाट अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन।

राष्ट्रपतिको निर्वाचनका लागि कांग्रेस वा एमालेका उम्मेदवारको प्रस्तावक वा समर्थकमा रास्वपा बसेको छैन। केन्द्रीय समिति बैठकबाट उक्त दलले यसबारे स्पष्ट नीति तय गर्ने बताइएको छ।

प्रकाशित: १४ फागुन २०७९ १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =