सुनसरीको बर्जुमा फैलियो दादुरा, १० हजार बालबालिकालाई खोप लगाइँदै

हिमाल प्रेस १४ फागुन २०७९ ८:०२
10
SHARES
सुनसरीको बर्जुमा फैलियो दादुरा, १० हजार बालबालिकालाई खोप लगाइँदै प्रतिनिधिमूलक तस्बिर

इटहरी- सुनसरीको बर्जु गाउँपालिकामा दादुरा संक्रमित भेटिएका छन्। दादुरा फैलिएपछि गाउँपालिकाका बालबालिकाहरूलाई दादुराविरुद्धको खोप लगाउने तयारी गरिएको छ।

वडा नं। २ मा ७ महिने शिशुमा दादुरा पुष्टि भएपछि स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताए।

अहिले बर्जुका ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन्। प्रसाईंका अनुसार दादुराको संक्रमण रोक्नका लागि ६ महिनादेखि १५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइनेछ।

बर्जु गाउँपालिकाका अनुसार दुई साताको अवधिमा गाउँपालिकामा २९ जना दादुराका बिरामी भेटिएका छन्।

प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय तहसँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईंले जानकारी दिए।

प्रकाशित: १४ फागुन २०७९ ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =