उपराष्ट्रपति उम्मेदवारका लागि जसपाले थाल्यो छलफल

हिमाल प्रेस १३ फागुन २०७९ २०:२१
14
SHARES
उपराष्ट्रपति उम्मेदवारका लागि जसपाले थाल्यो छलफल

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेपालले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे पार्टीमा छलफल सुरु गर्ने भएको छ।

आठदलीय गठबन्धनमा कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति पाउने सहमति भएपछि शनिबार साँझ छलफल सुरु भएको हो। जसपामा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर आन्तरिक छलफल सुरु हुनाका साथै त्यसका लागि नेताहरूको लबिङसमेत हुन थालेको बताइएको छ।

जसपाबाट उपराष्ट्रपतिको उम्मेदवारमा पहिलो नम्बरमा रामसहाय यादवको नाम चर्चामा आएको छ भने दोस्रो नम्बरमा नवलकिशोर साहको नाम चर्चामा रहेको बताइएको छ।

जसपाका कार्यकारिणी सदस्यसमेत रहेका यादवले उपराष्ट्रपतिको उम्मेदवारका बारेमा अहिले औपचारिक छलफल नभए पनि पार्टीले गर्ने निर्णय आफूलाई मान्य हुने बताए।

‘उपराष्ट्रपतिमा मैले उम्मेदवारी दिने विषयमा पार्टीमा अहिले कुनै छलफल भएको छैन, मलाई यसबारे कुनै जानकारी पनि छैन,’ उनले भने।

उपराष्ट्रपतिको विषयमा छलफल हुन बाँकी रहेको र पार्टीले उपराष्ट्रपतिको विषयमा जे निर्णय गर्छ त्यो आफूलाई स्वीकार हुने उनको भनाइ छ।

आठदलीय गठबन्धनको सहमतिअनुसार शनिबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्।

यही फागुन २७ गते उपराष्ट्रपतिको उम्मेदवारी दिने समय तोकिएको छ। त्यसअघि नै उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनुपर्ने हुन्छ। उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने भएको छ।

प्रकाशित: १३ फागुन २०७९ २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =