विश्वकप छनोटमा नेपालकाे ठूलो अन्तरको जित

हिमाल प्रेस १३ फागुन २०७९ १८:५४
14
SHARES
विश्वकप छनोटमा नेपालकाे ठूलो अन्तरको जित फाइल तस्बिर

काठमाडौँ- कप्तान देव खनाल र अर्जुन कुमालले शतक प्रहार गरेपछि नेपालले आईसीसी अन्डर १९ क्रिकेट विश्वकप छनोटमा शनिबार कुवेतमाथि २४३ रनको जित दर्ता गरेको छ।

उमेर समूहको विश्वकपको एसियातर्फको छनोटमा नेपालले हासिल गरेको यो दोस्रो जित हो। शुक्रबार नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो।

संयुक्त अरब इमिरेट्स (यूएई) को अज्मानस्थित मालेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेटको क्षतिमा ३४३ रनको विशाल योगफल तयार पारेको थियो। आकाश चन्द एक्लैले ६ विकेट लिएपछि कुवेत ३०.५ ओभरमा १ सय रन बनाएर अलआउट भएको थियो।

ओपनर अर्जुनले ११२ बलमा १०८ रन बनाउँदा १२ चौका प्रहार गरे। त्यसैगरी कप्तान देवले ११७ बलमा १२५ रन बटुले। जसमा तीन छक्का र नौ चौका सम्मिलित रहे। विजयी टिमका लागि विशाल विक्रम केसीले २३, दीपक डुम्रेले २० र दीपक बोहराले १९ रनको योगदान गरे।

कुवेतका आर्श साहिल र हेन्री थोमसले दुई–दुई विकेट हात पारे भने जय मेहता र हैबर अलीको नाममा एक–एक विकेट रह्यो।

पराजित टिम कुवेतका लागि कप्तान ज्युड साल्धनाले सर्वाधिक २६ रन बटुले। जम्मा तीन ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गरेकोमा युसुफ बसाले १९ र हेट किशोरले १६ जोडे।

नेपालको जितमा आकाशबाहेक दीपेश कँडेल र हेमन्त धामीले पनि किफायती बलिङ गरे। दीपेशले १९ र हेमन्तले २५ रन खर्च गरेर दुई–दुई विकेट हात पारे।

शनिबारको अर्को खेलमा घरेलु टिम यूएईले हङकङलाई १६३ ले पराजित ग¥यो। यूएईका लागि यो दोस्रो जित हो। यूएईले शुक्रबार मलेसियालाई १६३ रनले पन्छाएको थियो।

प्रकाशित: १३ फागुन २०७९ १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + two =