नेम्बाङलाई भोट माग्दै कांग्रेसबाहेकका दललाई पत्र लेख्ने एमालेको निर्णय

हिमाल प्रेस १३ फागुन २०७९ १२:०३
6
SHARES
नेम्बाङलाई भोट माग्दै कांग्रेसबाहेकका दललाई पत्र लेख्ने एमालेको निर्णय

काठमाडौँ- नेकपा एमालेले राष्ट्रपतिका आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई मत माग्न कांग्रेसबाहेकका दललाई पत्राचार गर्ने भएको छ। पार्टी कार्यालय च्यासलमा शनिबार बिहान बसेको सचिवालय बैठकले नेम्बाङलाई उम्मेदवार बनाउने बारे सर्वसम्मत निर्णय गरेको थियो। सोही बैठकले नै उनलाई मत माग्दै सबै दललाई पत्र लेख्ने निर्णय पनि गरेको हो।

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पुस १० गते गठबन्धनको बीचमा भएको सहमतिअनुसार नै आफूहरूले उम्मेदवारी दिन लागेको दाबी गरे। पुस १० मा एमाले र माओवादी केन्द्रलगायतका दलहरूको नयाँ गठबन्धन निर्माण हुँदा राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा कांग्रेससहितको दलको पनि मत पाएपछि राष्ट्रिय सहमतिको कुरा उठाउँदै आयो।

माओवादीले अहिले कांग्रेससहितको गठबन्धनमा सहभागी हुने निर्णय गरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलाई साझा उम्मेदवार स्वीकारी सकेको छ। एमालेले कांग्रेसको आफ्नै उम्मेदवार भएकोले पत्र नलेखिने बताएको छ।

प्रकाशित: १३ फागुन २०७९ १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =