बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

हिमाल प्रेस १३ फागुन २०७९ ८:५०
8
SHARES
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ सांकेतिक तस्बिर।

भक्तपुर- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका –८ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ विसिङखर घर भएका २८ वर्षीय पविन तामाङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ माघ २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख ३० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेस गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १३ फागुन २०७९ ८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =