फागुन १५ मा सार्वजनिक बिदा दिन माग

हिमाल प्रेस १२ फागुन २०७९ १८:४१
8
SHARES
फागुन १५ मा सार्वजनिक बिदा दिन माग

लुम्बिनी– नेपाल मगर संघले फागुन १५ लाई मगर दिवसको मान्यता दिई सार्वजनिक बिदा दिन माग गरेको छ। नेपाल मगर संघ बुटवलले ४१ औं मगर दिवसको पूर्वसन्ध्यामा शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मगर दिवसमा बिदा दिन माग गरेको हो।

यो समुदायले मौलिक सांस्कृतिसहित मगर दिवस मनाउने भएकाले सांस्कृतिक पर्वका रूपमा बिदा दिनुपर्ने मगर संघ बुटवलका अध्यक्ष वसन्ती साठिघरे मगरले बताइन्।

मगर समुदायको पहिचानको संरक्षण गर्दै विद्यालयमा मगर भाषामा पठनपाठन तथा सरकारी कामकाजी भाषाको रूपमा स्वीकृती दिनसमेत संघले माग गरेको छ।

राज्यका हरेक क्षेत्र, संरचना र निकायमा पूर्णसमानुपातिक समावेशी नीति लागु गर्नु पर्नेलगायतका मागहरू सरकारले सम्बोधन गर्नुपर्ने अध्यक्ष मगरले बताइन्।

नेपालका प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, आइएलओ १६९ लगायतका नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूको कार्यान्वयन गर्न नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य गोपाल बहादुर चोहान मगरले बताए।

यसैबीच मगर संघले विभिन्न कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको छ। फागुन १५ गते बुटवल ७ दीपनगरस्थित मगर बाजेबजै पितृ थानमा ४१ औं मगर संघ स्थापना दिवस विभिन्न सांस्कृतिक झाँकी र र्‍यालीका साथमा मगर खाना परिकार प्रदर्शनीसहित मूल समारोहको आयोजना गरी मनाइने जनाएको छ।

प्रकाशित: १२ फागुन २०७९ १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =