दिलीप महतोको हत्यामा संलग्‍न २ जनालाई २५ वर्ष कैद सजाय

नेहा झा १२ फागुन २०७९ १७:४४
22
SHARES
दिलीप महतोको हत्यामा संलग्‍न २ जनालाई २५ वर्ष कैद सजाय

जनकपुरधाम– धनुषाका दिलीप महतोको हत्यामा संलग्न २ जनालाई २५ वर्ष कैदको सुनाइएको छ। जिल्ला अदालत धनुषाले उनको हत्यामा संलग्न २ जनालाई २५/२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको हो।

दिलीपको हत्यामा संलग्न विपीन महतो र मुनीन्द्र महतोलाई २५/२५ वर्षको सजाय सुनाएको छ भने कसूरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद सजाय सुनाइएको जिल्ला अदालत धनुषाका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिए।

जितेन्द्रलाई २ लाख ५० हजार जरिबानासमेत गरिएको छ। विपीन र मुनीन्द्रलाई ५/५ लाख रुपैयाँ जरिबाना गरिएको छ। जरिबानाबापत उठाइएको रकम पीडित परिवारलाई उपलब्ध गराउनुपर्ने फैसलामा भनिएको श्रेस्तेदार बस्नेतको भनाइ छ।

उनीहरूले जरिबाना बुझाउन नसके राज्यकोषबाट क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने फैसलामा भनिएको छ। न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले शुक्रबार कैद सजाय सुनाएको हो। यसअघि फागुन ३ गते उनीहरूलाई अदालतले दोषी ठहर गरेको थियो।

नदीजन्य पदार्थको अवैध उत्खननविरुद्ध आवाज उठाउँदै आएका महतोको ०७६ साल पुसमा घरनजिकै औरही खोलामा ट्रिपरले किचेर हत्या गरिएको थियो।

प्रकाशित: १२ फागुन २०७९ १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =