राष्ट्रपतिको निर्वाचनमा समर्थक र प्रस्तावक नबस्ने राप्रपाको निर्णय

हिमाल प्रेस १२ फागुन २०७९ १७:०५
80
SHARES
राष्ट्रपतिको निर्वाचनमा समर्थक र प्रस्तावक नबस्ने राप्रपाको निर्णय

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिको उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको छ। पार्टी कार्यालयमा आज शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

‘आजको बैठकमा विभिन्न विषयमा छलफल भयो। खास गरी पार्टीको संगठनात्मक कुराकानी र राष्ट्रपति निर्वाचनबारे कुराकानी भयो,’ उनले भने, ‘बैठकले राष्ट्रपतिको उम्मेदवारलाई समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको छ। २३ गते भोट हाल्ने, नहाल्नेलगायत अन्य विषयमा छलफल हुन्छ।’

राष्ट्रपतिको उम्मेदवारलाई भोट हाल्ने नहाल्नेबारे छलफल जारी रहेको उनको भनाइ छ। उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक चैत १८ गते बस्ने निर्णय भएको पनि जानकारी दिए।

प्रकाशित: १२ फागुन २०७९ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =