एमालेले भोलि नै राष्ट्रपतिको उम्मेदवार टुंग्याउँछ : केपी ओली

हिमाल प्रेस १२ फागुन २०७९ १५:०४
30
SHARES
एमालेले भोलि नै राष्ट्रपतिको उम्मेदवार टुंग्याउँछ : केपी ओली फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले राष्ट्रपतिको उम्मेदवार शनिबारमात्रै टुंगो लगाउने बताएका छन्। शुक्रबार संसद्‌ बैठकबाट बाहिरिनेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले भइरहेका घटनाक्रमबारे आफूलाई केही थाहा नभएको र शनिबार उम्मेदवारको टुंगो लगाउने बताएका हुन्।

‘भोलि एमालेले आफ्नो उम्मेदवार टुंग्याएर मनोनयन दर्ता गर्छ,’ उनले भने, ‘अरू केके घटनाक्रम भइरहेका छन् थाहा छैन। एमालेकै उम्मेदवारको
निर्वाचित हुन्छ।’ शनिबार राष्ट्रपतिको उम्मेदवार मनोनयनको कार्यतालिका छ।

यसअघि पुस १० गते सरकार निर्माण हुँदा माओवादी केन्द्रसँग राष्ट्रपति एमालेले लिने समझदारी भएको ओलीको भनाइ छ। तर माओवादीले अहिलेको परिस्थिति फेरिएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ। अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल र ओलीबीच बालुवाटारमा राष्ट्रपति उम्मेदवार केन्द्रित छलफल जारी छ।

प्रकाशित: १२ फागुन २०७९ १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =