प्रचण्डसँग निर्णायक छलफलका लागि बालुवाटारमा ओली

हिमाल प्रेस १२ फागुन २०७९ १४:५७
14
SHARES
प्रचण्डसँग निर्णायक छलफलका लागि बालुवाटारमा ओली फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्णायक वार्ता गर्नका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। अहिले दुई नेताबीच छलफल जारी छ।

बिहानैदेखि कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरूसँग छलफल गरेका प्रधानमन्त्रीलाई ओलीले राष्ट्रपतिको निर्वाचनमा एमालेका उम्मेदवारलाई सहयोग गर्ने या नगर्ने निर्णय लिन दबाब दिएको बताइएको छ। पुस १० मा प्रचण्ड एमालेकै समर्थनमा प्रधानमन्त्री बनेका थिए।

प्रधानमन्त्री प्रचण्ड बन्दा एमालेले राष्ट्रपति लिने सहमति भएको थियो। तर विश्वासको मत लिँदा कांग्रेससहितको दलबाट पनि मत पाएको भन्दै प्रचण्डले राष्ट्रिय सहमतिको कुरा उठाउँदै आएका छन्।

कांग्रेस, माओवादी, जसपा र नेकपा एकीकृत समाजवादी पुरानो गठबन्धन ब्युँताउने गरी अघि बढेपछि ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्। शनिबार राष्ट्रपतिको मनोनयनको दिन हो। यही कारण पनि नेताहरूबीच छलफल र भेटघाट बाक्लो छ।

राजेन्द्र श्रेष्ठको दाबी : चार दलको बैठकमा उपराष्ट्रपति जसपालाई दिने सहमति भयो

 

बालुवाटारमा तीन दल : राष्ट्रपतिमा कांग्रेसको आफ्नै दाबी, अरू दलले माधव नेपालको नाम लिए

 

प्रकाशित: १२ फागुन २०७९ १४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =