दिक्तेल-मानेभञ्ज्याङमा नियमित बस सेवा

हिमाल प्रेस १२ फागुन २०७९ ७:२९
10
SHARES
दिक्तेल-मानेभञ्ज्याङमा नियमित बस सेवा

खोटाङ- खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि अल्छेढुंगाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमितरुपमा बस सेवा सञ्चालनमा आएको छ। गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको हो।

झण्डै ३९ किलोमिटर लामो सडकखण्डमा नियमित बस सञ्चालन भएपछि भाडादरसमेत कायम गरिएको छ। साकेला गाउँपालिका–२ रतन्छाको सुर्के सिलापाबाट दिक्तेलसम्म पाँच सय रुपैयाँ, यातिम्छाचोकबाट दिक्तेलसम्म चार सय ५० रुपैयाँ तथा यातिम्छाचोक, पिनालाखा र साल्मेबाट दिक्तेलसम्म चार सय रुपैयाँ भाडादर कायम गरिएको छ।

यस्तै लामदुवाली–दिक्तेल तीन सय ७० रुपैयाँ, चम्पा–दिक्तेल तीन सय ५० रुपैयाँ, चिउरीडाँडा–दिक्तेल तीन सय रुपैयाँ, दुम्ली–दिक्तेल दुई सय ६० रुपैयाँ, रुवाबु–दिक्तेल दुई सय ४० रुपैयाँ, च्यानडाँडा–दिक्तेल एक सय ८० रुपैयाँ र मोहोरिया–दिक्तेल एक सय ३० रुपैयाँ भाडादर कायम गरिएको छ।

दिक्तेलबाट रतन्छासम्म समान ढुवानी गर्न १० किलोसम्म निःशुल्क र सोभन्दा माथि भएमा प्रतिकिलो रु चारका दरले भाडा लाग्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।

प्रकाशित: १२ फागुन २०७९ ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 1 =