मधेश प्रदेश मुख्यमन्त्री कार्यालय घेराऊ

हिमाल प्रेस ११ फागुन २०७९ १८:५३
4
SHARES
मधेश प्रदेश मुख्यमन्त्री कार्यालय घेराऊ

जनकपुरधाम- चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरमा आन्दोलन सुरु गरेको छ। भूमिहीनहरूलाई तत्काल आवाससहितको जग्गाको व्यवस्था हुनुपर्ने, चुरेदोहन तत्काल रोक्नुपर्नेलगायत माग राख्दै अभियान्ताले आन्दोलन सुरु गरेका हुन्।

अभियान्ताहरूले बिहीबार मधेश प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेका थिए। ‘भूमिहीनलाई जग्गा देउ, दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर, चुरे दोहन रोक’ लगायत नारा उनीहरूले लगाएका थिए।

आफूहरूले विगतमा राख्दै आएको माग पूरा नभएपछि मधेश प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गर्न बाध्य भएको अभियानमा संरक्षक सरोज रायले बताए। ‘आफूहरूको माग पूरा नभए अनिश्चितकालीन धर्नामा बस्न बाध्य हुनेछौं’ उनले भने।

मधेश सरकारले आफूहरूले विगतमा राखेको पाँच बुँदे माग सम्बोधन नगरी आन्दोलन गर्न बाध्य पारेको अभियान्ताहरूको भनाइ छ।

प्रकाशित: ११ फागुन २०७९ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =