राष्ट्रपति निर्वाचन : प्रचण्ड, माधव र उपेन्द्रबीचको छलफल सुरु

हिमाल प्रेस ११ फागुन २०७९ १८:०६
48
SHARES
राष्ट्रपति निर्वाचन : प्रचण्ड, माधव र उपेन्द्रबीचको छलफल सुरु

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको छलफल सुरु भएको छ।

तीन शीर्ष नेताबीच राष्ट्रपति निर्वाचन केन्द्रित छलफल सुरु भएको छ। मन्त्रिपरिषद्‌ बैठक सकेलगत्तै तीन नेता माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा जुटेका हुन्। छलफलमा माधव नेपालले गरेको प्रधानमन्त्रीमा ‘पावर सेयरिङ’ र नेकपा ब्युँताउने भए आफू राष्ट्रपतिको उम्मेदवार बन्न एमालेलाई गरेको प्रस्तावबारे कुरा हुने बताइएको छ।

बैठकमा माओवादीबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, शक्ति बस्नेत सहभागी छन् भने नेकपा एकीकृत समाजवादीबाट माधवनेपालसहित बेदुराम भुसाल, घनश्याम भुसाल, प्रकाश ज्वाला, प्रमेश हमाल सहभागी छन्। त्यस्तै जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन्।

जसपाले पनि उपराष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने बताउँदै आएको छ। तीन नेताबीचको छलफलअघि माधव नेपालले पार्टीका नेताहरूलाई बिफ्रिङ गरेका थिए। नेपालले एमालेसँग मिलेर जाँदा एमालेमै बिलय हुने भय भएको पनि बताएका थिए। नेपालले कांग्रेस नेतृत्वको गठबन्धनमा नै ‘पावर एक्सर्साज’ गर्न सहज हुने पनि नेताहरूलाई बताएका थिए।

प्रकाशित: ११ फागुन २०७९ १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =