राष्ट्रपति निर्वाचनबारे जसपा र माओवादी केन्द्रका नेताबीच छलफल 

हिमाल प्रेस ११ फागुन २०७९ १६:५४
6
SHARES
राष्ट्रपति निर्वाचनबारे जसपा र माओवादी केन्द्रका नेताबीच छलफल 

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता र जनता समाजवादी पार्टीका नेताहरूबीच राष्ट्रपति निर्वाचनका साथै निर्वाचनको बेलाको गठबन्धन ब्युँताउनेबारे छलफल भएको छ। छलफल माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ। छलफलमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू छन्।

राष्ट्रपति निर्वाचनबाटै पुरानै गठबन्धन ब्युँताउन कांग्रेससहितका दल प्रयासरत छन्। प्रधानमन्त्री प्रचण्डले आज बिहीबार नै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए। आज साँझ नै कांग्रेस, माओवादी, जसपा, नेकपा एसका शीर्ष नेताको बैठक पनि बस्दैछ।

प्रकाशित: ११ फागुन २०७९ १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =