जी-२० सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान

हिमाल प्रेस ११ फागुन २०७९ १६:१६
6
SHARES
जी-२० सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान

काठमाडौँ- जी-२० को सम्मेलनमा भाग लिन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन्। विभिन्न देशका अर्थमन्त्री सहभागी हुने सम्मेलन फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुनेछ। जी–२० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायत राष्ट्र छन्।

नेपाल जी–२० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिने भएकाले नेपाललाई निम्तो दिएको हो। भारतमा रहँदा पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ। पौडेल फागुन १३ गते स्वदेश फर्कनेछन्।

प्रकाशित: ११ फागुन २०७९ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =