फिल्म ‘तलास २’ बन्ने

हिमाल प्रेस ११ फागुन २०७९ १३:४१
फिल्म ‘तलास २’ बन्ने

काठमाडौँ- दिनेश लिङदेनको निर्देशन रहने फिल्म ‘तलास २’ बन्ने भएको छ। मानव बेचबिखनको चपेटामा परेका नेपाली महिलाले भोग्नुपरेको समस्यालाई फिल्मको प्रमुख विषय बनाइने निर्देशक लिङदेनले बताएका छन्।

उनका अनुसार फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, उदय सुब्बा, पुर्ण सेलिङ, राजु घिमिरे, अजय खडका, रिया कन्दङवा, पुन्य ओझा, दिलिप योङहाङ, सागर केरुङ र राजकुमार शाहको अभिनय रहनेछ।

सुमन योञ्जनको छायांकनमा निर्माण हुने फिल्ममा विकास चौधरीको संगीत, मेचु धिमाल, सुवास राई, विकास चौधरीको स्वर रहनेछ।

सुदिता लिङ्देनको प्रस्तुति रहेको फिल्ममा लिलाराज काम्बाङ सह–निर्माता हुन भने शैलेन्द्र नाल्बो निर्माता रहेका छन्। फिल्म पूर्वका विभिन्न स्थानमा छायांकन हुनेछ।

प्रकाशित: ११ फागुन २०७९ १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =