ट्रेन्डिङमा ‘छड्के २’को ट्रेलर

हिमाल प्रेस ११ फागुन २०७९ ११:४७
26
SHARES
ट्रेन्डिङमा ‘छड्के २’को ट्रेलर

काठमाडौँ- फिल्म ‘छड्के २’को ट्रेलर सार्वजनिक भएको छ। १ मिनेट ४१ सेकेन्ड लामो ट्रेलर नेपाली युट्युबको ट्रेन्डिङमा सातौँ स्थानमा छ।

ट्रेलरमा अभिनेता अनमोल केसीलाई देख्न सकिन्छ। उनी गुण्डा नाइके बनेका छन्। यसअघिका फिल्ममा ‘लभर ब्वाई’ को भूमिकामा देखिएका उनले यो फिल्ममा ग्याङस्टरको भूमिका निर्वाह गरेका छन्। पहिलोपटक उनी फरक चरित्रमा पर्दामा आउँदैछन्।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म फागुन १९ मा प्रदर्शनमा आउनेछ। फिल्ममा रविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, चिरञ्जीवी अधिकारीलगायत कलाकारको अभिनय छ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको फिल्ममा राजकुमार उप्रेतीको एक्सन छ। रवि चौधरी तथा लोकेश वज्राचार्यले सम्पादन गरेका छन्।

प्रकाशित: ११ फागुन २०७९ ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =