पुरानो पाँच दलीय गठबन्धन ब्युँताउन बालुवाटारमा बैठक

हिमाल प्रेस ११ फागुन २०७९ ११:१९
24
SHARES
पुरानो पाँच दलीय गठबन्धन ब्युँताउन बालुवाटारमा बैठक फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेससहितको पुरानै पाँच दलीय गठबन्धन ब्युँताउन आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठक अपराह्न ५ बजे बस्नेछ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाललगायत जसपा, जनमोर्चाका शीर्ष नेताहरूको सहभागिता रहने बताइएको छ।

बुधबार साँझ नै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच पुरानै गठबन्धन ब्युँताउने लगभग सहमति भएको थियो। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूसँगको भेटवार्ता र छलफलपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।

यसअघि कांग्रेसले प्रधानमन्त्री नदिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग गठबन्धन गरेका थिए। अहिले एमालेको नेतृत्वमा सात दलीय गठबन्धन छ।

पुस १० गते माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गर्दा राष्ट्रपति एमालेले लिने सहमति भएको थियो। तर प्रचण्डले पछिल्लो समय राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुनुपर्ने अडान लिन थालेपछि राष्ट्रपति निर्वाचन पेचिलो बनेको छ।

अहिले कांग्रेसको दाउ चुनावताकाको गठबन्धन ब्युँताउने छ भने एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टीले राष्ट्रपति नपाउने अवस्थामा कांग्रेसइतरको आफूअनुकूलको राष्ट्रपति बनाउने दौडधुपमा छन्।

र, यो पनि

ब्युँतिएला पुरानै पाँच दलीय गठबन्धन?

प्रकाशित: ११ फागुन २०७९ ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =