ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

हिमाल प्रेस ११ फागुन २०७९ ७:५४
4
SHARES
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ- ललितपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका–१३ कुसुन्तिस्थित सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरका मोटरटसाइकल एक आपसमा ठोकिएका हुन्। दुर्घटनामा बाप्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक धनुषा लक्ष्मीमिया घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २१ वर्षीय शिवम् यादवको मृत्यु भएको प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका बा ८७ प ५९०१ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सोही मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ११ फागुन २०७९ ७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 11 =