७ महिनामा ८ खर्ब २५ अर्ब व्यापार घाटा

हिमाल प्रेस १० फागुन २०७९ १४:४२
७ महिनामा ८ खर्ब २५ अर्ब व्यापार घाटा

काठमाडौँ– चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा नेपालको कुल व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघ मसान्तसम्ममा नेपालले १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको छ।

चालु आवको साउनदेखि माघ मसान्तसम्म नेपालले ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको वस्तु आयात गरेको छ। यो अवधिमा नेपालबाट ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँको मात्रै वस्तु निर्यात भएको छ।

माघसम्म नेपालले गरेको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७७ प्रतिशत र निर्यातको हिस्सा ९.२३ प्रतिशत छ।
विभागका अनुसार गत आवको माघसम्मको तुलनामा यो माघसम्म आयात १९.९० प्रतिशतले घटेको छ। सोही अवधिमा निर्यात २९ प्रतिशतले घटेको छ।

प्रकाशित: १० फागुन २०७९ १४:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =