मुलुकको वर्तमान प्रणालीको विकल्पबारे बहस हुनुपर्छ : कमल थापा

हिमाल प्रेस १० फागुन २०७९ १३:०९
6
SHARES
मुलुकको वर्तमान प्रणालीको विकल्पबारे बहस हुनुपर्छ : कमल थापा फाइल तस्बिर।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको वर्तमान शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विकल्पबारे बहस गर्नुपर्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुधबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकाले मुलुकको प्रणालीको पुनर्विचार र विकल्पबारे बहस गर्नुपर्ने बताएका हुन्।

थापाले निर्वाचन हुनुभन्दा पहिलाको गठबन्धनलाई जनताले म्यान्डेड दिएको भए पनि त्यो गठबन्धन चुनावलगत्तै भत्किएर सत्ता स्वार्थमा नयाँ गठबन्धन बनेको आरोप लगाए।

कांग्रेस र एमाले नेतृत्वको दुवै गठबन्धन अस्वाभाविक र अपवित्र भएको उनको भनाइ छ।

थापाले अब राष्ट्रपति हुने व्यक्तिले राजनीतिक स्वार्थअनुसारका कामहरू गर्न नहुने बताए। राष्ट्रपतिले स्वार्थ देखाएकाले दलहरूबीचमा खिचातानी बढेको पनि उनको भनाइ छ।

अध्यक्ष थापाले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी दैनिक बढे पनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको आरोप लगाएका छन्। अध्यक्ष थापाले अहिले राजतन्त्र र राजनीतिक दलहरूका बिचमा आशंका र अविश्वासको खाडल रहेको जिकिर गरे।

प्रकाशित: १० फागुन २०७९ १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =