विद्यार्थीलाई विपन्न लक्षित छात्रवृत्तिको फाराम भराउन निर्देशन

हिमाल प्रेस ९ फागुन २०७९ १६:५२
76
SHARES
विद्यार्थीलाई विपन्न लक्षित छात्रवृत्तिको फाराम भराउन निर्देशन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्तिका लागि विद्यार्थीलाई फाराम भराउन सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ।

केन्द्रले आर्थिक वर्ष २०७९/०८० मा विपन्न लक्षित छात्रवृत्तिका लागि शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पीएमटी फाराम भराउन निर्देशन दिएको हो।

केन्द्रले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ को प्रक्रिया पूरा गर्न भनेको छ।

केन्द्रले पीएमटी फाराम फागुन १० गतेदेखि चैत ९ गतेभित्र विद्यार्थीलाई भराउन र चैत मसान्तभित्र अपलोड गरिसक्न निर्देशन जारी गरेको छ।

प्रकाशित: ९ फागुन २०७९ १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =