‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन सुरु

हिमाल प्रेस ९ फागुन २०७९ १५:२४
8
SHARES
‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन सुरु

काठमाडौँ- इन्ट्रानेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुने नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड शडिसन सुरु भएको छ। पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन नेपालका विभिन्न शहरसँगै भारतको सिलिगुडीमा हुने भएको छ। नेपाली शहरहरुमध्ये बुधबार (फागुन १० गते) बुटवलमा अडिसन हुनेछ।

त्यस्तै सिलिगुडीमा फागुन १४ र १५ गते, झापाको दमकमा फागुन २० र २१ गते तथा काठमाडौँमा फागुन २७ र २८ गते हुने आयोजकले जानकारी दिएकोछ। अडिसन दिन आउँदा प्रतियोगीहरूले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने आयोजकको भनाइ छ। फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरूले काठमाडौँमा आएर स्टुडियो अडिसनमा सहभागी हुन पाउनेछन्।

आयोजकका अनुसार विदेशबाट सहभागी हुन चाहनेले माईइन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्नुपर्नेछ। डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरूले पनि अनिवार्य फिल्ड अडिसनमा सहभागी हुनुपर्नेछ। ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधानलगायत वरिष्ठ गायकहरू छन्।

साथै ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुनेछन्। यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी पुरस्कार भएका रियालीटी शो रहेको आयोजकको दाबी छ। आयोजकका अनुसार दुवै प्रतियोगिताका विजेताले एक-एक करोड रुपैयाँ पुरस्कार पाउनेछन्। फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: ९ फागुन २०७९ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 5 =