साउदी जेलमा रहेका कार्कीलाई स्वदेश ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस ९ फागुन २०७९ १२:२०
साउदी जेलमा रहेका कार्कीलाई स्वदेश ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत दुई वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई मंगलबार बिहान बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता गरेका हुन्। प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन्।

भेटमा प्रधानमन्त्रीले भने, ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो। वैदेशिक रोजगारीमा रहेका नेपालीको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिबद्ध छ।’

धनकुटा जिल्लाको चौबिसे गाउँपालिका-४ निवासी कार्की दुई वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदी जेलमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 2 =