खोलामा बेवारिसे भेटियो भरुवा बन्दुक

हिमाल प्रेस ९ फागुन २०७९ १०:२७
8
SHARES
खोलामा बेवारिसे भेटियो भरुवा बन्दुक

रुकुम-  भुमे गाउँपालिका-३ नतुङ खोलाको जंगलमा वेवारिसे अवस्थामा रहेका ६ नाल भरुवा बन्दुक सोमबार प्रहरीले फेला पारी बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी टोलीले स्याउला र पात पतिंगरले छोपेर राखेको अवस्थामा सो बन्दुक बरामद गरेको जनाएको छ।

बन्दुक कसले लुकाएर राखेको हो भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको रुकुम प्रहरीले जनाएको छ।

प्रकाशित: ९ फागुन २०७९ १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =