प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

हिमाल प्रेस ८ फागुन २०७९ १६:३९
22
SHARES
प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। दुई नेताबीच नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनीहरू दुईबीच सवाघन्टा अघिदेखि कुराकानी भइरहेको छ। राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा सत्तागठबन्धनमा खटपट सुरु भइरहेको बेला दुई नेता छलफलमा जुटेका हुन्।

सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले आफूले राष्ट्रपति पाउनुपर्ने बताउँदै आएको छ। तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको कुरा उठाइरहेका छन्। आइतबार साँझ बालुवाटारमा कांग्रेसका नेताहरूसँग पनि प्रचण्डले राष्ट्रिय सहमतिकै कुरा उठाएर एमालेले माधव नेपालको नाम राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सारे के गर्ने भनेर प्रश्न गरेको नेताहरूले बताएका छन्।

कांग्रेस निर्वाचनताकाको माओवादीसहितको गठबन्धन ब्युँताएर राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई कसरी निर्वाचित गराउने भन्ने रणनीतिमा छ।

प्रकाशित: ८ फागुन २०७९ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =