पूर्वराजा ज्ञानेन्द्रलाई केपी ओलीको प्रश्न : के कुरामा सहकार्य गर्ने?

हिमाल प्रेस ७ फागुन २०७९ १३:४८
22
SHARES
पूर्वराजा ज्ञानेन्द्रलाई केपी ओलीको प्रश्न : के कुरामा सहकार्य गर्ने? फाइल तस्बिर

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र राजसंस्थाबीचको सहकार्य गर्नुपर्ने प्रस्तावलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रश्न सोधेका छन्। विराटनगर पुगेका ओलीले सञ्चारकर्मीहरूको प्रश्नमा पूर्वराजा शाहलाई के विषयमा सहकार्य गर्ने भनेर प्रश्न गरेका हुन्।

अलमलमा रहेका ज्ञानेन्द्र शाहसँग सहकार्य गर्न नसकिने पनि ओलीको भनाइ छ। ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँलाई अझैपनि पुरानो झल्को आइरहन्छ। दुई-चारजना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस आउँछ,’ ओलीले भने, ‘ त्यतिमात्रै हो, अरु केही होइन। उहाँहरूले २४० वर्षसम्म चलाउनुभएको होइन? के गर्नुभएको थियो? देश कहाँ पुर्‍याउनुभयो? ज्ञानेन्द्रजीसँग के विषयमा सहकार्य गर्ने?’

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्वराजाले भनेका थिए, ‘देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्नुहुँदैन।’

प्रकाशित: ७ फागुन २०७९ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 5 =