सत्तागठबन्धन भत्काउन विदेशीहरू लागिपरेका छन् : योगेश भट्टराई

हिमाल प्रेस ६ फागुन २०७९ १६:३०
12
SHARES
सत्तागठबन्धन भत्काउन विदेशीहरू लागिपरेका छन् : योगेश भट्टराई

सुर्खेत– नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्तागठबन्धन भत्काउन विदेशी शक्ति लागेको दाबी गरेका छन्।

एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी कर्णाली प्रदेश समितिले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘अहिलेको सत्तागठबन्धन भत्काउन विदेशीहरू सक्रिय भएको सुनेका छौं। यो गठबन्धन बनाउन कुनै विदेशीहरूको भूमिका छैन। हामीले बनाएका हौँ। नेपाली माटोबाटै उत्पादन भएको हो। यो गठबन्धनमा रासायनिक मल हालिएको छैन,’ उनले भने।

पूर्वमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैं एमालेलाई खोज्दै आएर गठबन्धन बनाएकाले उनले नै गठबन्धन भत्काउने कुरा तथ्यसंगत नभएको उनको भनाइ छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आधा-आधा कार्यकाल प्रधानमन्त्री बन्ने प्रस्तावसहित गठबन्धन निर्माण भएको उनले बताए।

राष्ट्रपति एमालेले पाउने प्रस्ताव पनि प्रचण्डबाटै आएकाले पुस १० को सहमतिमा कुनै फेरबदल नहुने उनले स्पष्ट पारे। एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति बन्ने पनि उनले बताए।

प्रकाशित: ६ फागुन २०७९ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 3 =