चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर : देउवा

हिमाल प्रेस ६ फागुन २०७९ ८:०२
14
SHARES
चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गरेका छन्।

महाशिवरात्रिका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक भएको र प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताए।

यसमध्ये हिन्दु धर्मावलम्बीहरूले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने महाशिवरात्री एक महत्वपूर्ण र पवित्र पर्व भएको उनले उल्लेख गरेका छन्।

सभापति देउवाले यी चाडपर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताउँदै महाशिवरात्रीको अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे।

प्रकाशित: ६ फागुन २०७९ ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 1 =