बीवाईडीको विद्युतीय गाडी खरिदमा एभरेष्ट बैंकको ८० प्रतिशत फाइनान्सियल सुविधा

हिमाल प्रेस ५ फागुन २०७९ १९:०३
12
SHARES
बीवाईडीको विद्युतीय गाडी खरिदमा एभरेष्ट बैंकको ८० प्रतिशत फाइनान्सियल सुविधा

काठमाडौँ- बीवाईडीको विद्युतीय गाडी खरिदमा एभरेष्ट बैंकले ८० प्रतिशतसम्म फाइनान्सियल सुविधा उपलब्ध गराउने भएको छ। त्यसका लागि बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक कम्पनी र एभरेष्ट बैंकबीच सम्झौता गरिएको छ।

सम्झौताले ग्राहकलाई बीवाईडीको विद्युतीय गाडी खरिदमा सजिलो हुने अपेक्षा गरिएको छ। बैंकका सबै शाखाबाट उक्त सुविधा लिन सक्ने बैंकले जानकारी दिएको छ। सहुलियतपूर्ण ब्याजदरमा ७ वर्षका लागि बैंकले ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।

प्रकाशित: ५ फागुन २०७९ १९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =